November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

काँग्रेस नेताको घर र मोटरसाइकलमा आगजनी

काठमाडौं । नेपाली काँग्रेस रोल्पाका सहसचिवको मोटरसाइकलमा आगजानी गरिएको छ । त्यस्तै अर्का एक नेताको घरमा आगजनी भएको छ ।

आइतबार गंगादेव गाउँपालिका ४ का पार्टी वडा कार्यसमिति सदस्य गनबहादुर डाँगीको १३औं पुन्यतिथिमा श्रद्धाञ्जलीसभामा पुगेका सहसचिव सुनिलकुमार वलीको रा ५ प ९५२१ नम्बरको मोटरसाइकल अज्ञात समूहले आगजनी गरेको हो ।

श्रद्धाञ्जली कार्यक्रम सकेर नेताहरू स्थानीय गंगादेव गाउँपालिका ५ का नदु डाँगीको घरमा बसेको आशंकामा अज्ञात समूहले उक्त घरमा पनि आगजनी गरेका छन् ।

Advertisement

काँग्रेस सभापति किशोरकुमार आचार्यले घर र मोटरसाइकलमा आगजनी गर्ने समूहलाई खोजी गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

सभापति आचर्यले एक विज्ञप्तीमार्फत यस्ता आपराधिक घटनाहरु दिनप्रतिदिन बढ्दै जानुले रोल्पाली जनतामा त्रास जिर्सना भएको उल्लेख गर्दै यसमा सम्बन्धित निकायको ध्यान जानुपर्ने उल्लेख गरेका छन् ।