ललितपुर । गोदावरी नगरपालिका–३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको बुद्धको मूर्ति चोरी भएको छ ।
प्रहरीका अनुसार अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको हो ।
चोरी कार्यमा संलग्नहरुलाई खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।