जाजरकोट । जुवा खालबाट भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुवा खेलिरहेको अवस्थामा भेटिएका उनीहरुलाई आज बिहान करिब ३ बजेतिर प्रहरीले नियन्त्रणामा लिएको हो ।
प्रहरीका अनुसार जुवा खालबाट वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेसका स्थानीय नेता सशी बुढा पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट २ लाख नगद पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको प्रयोग गरेकोले अन्य रकम पनि हारजित भएको हुनसक्ने प्रहरी अनुमान छ ।