November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

महाकाली नदीमा पुल निर्माण गर्न भारत तयार

काठमाडौं : नेपालको पश्चिमी सीमाको जिल्ला दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ।

भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको ट्वीटरमा लेखेका छन्। यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने पनि उनले उल्लेख गरेका छन्।

Advertisement

दुई देश जोड्ने महाकाली नदीमा पक्की पुल नहुँदा आवतजावतमा नेपालीले निकै दुःख भोग्नु परेको छ।