धरान । धरान उपमहानगरपालिका दलित विकास समिति धरानको मातहतमा रहेको दलित महिला संजाल धरानको अध्यक्षमा धरान १६ कि सुनिता सेन्चुरी निर्वाचित भएकी छन् । मंगलबार धरान १२ स्थित होटल स्टार पूर्वीमा भएको संजालको चौथो नगर भेलाद्वारा उनी निर्वाचित भएकी हुन् ।
अध्यक्ष पदका लागि सेन्चुरी र अनिता रसाईलीको उम्मेद्वारी परेपछि मतदानको प्रक्रिया अगाडि बढाईएको थियो ।
त्यस्तै उपाध्यक्षमा पवित्रा शिवा, सचिवमा देविका विक, सहसचिवमा गौरी बर्देवा, कोषाध्यक्ष, अन्जुला नेपाली निर्वाचित भएका छन् । समितिका सदस्यहरुमा अनिता रसाईली, देवी परियार, सुष्मा मंग्राती, शान्ति त्रिखत्री र चन्द्रकला विश्वकर्मा निर्वाचित भएका छन् ।
दलित विकास समिति धरानका अध्यक्ष किशोर परियारको संयोजकत्वमा धनबहादुर हमाल र तारा लामगादे प्रवक्ता रहेको ३ सदस्यीय निर्वाचन मण्डलले लोकतान्त्रिक प्रणालीका आधारमा निर्वाचन सम्पन्न गर्दै ५ जना पछि थप गर्ने गरि १५ सदस्यीय कमिटी बनाईएको प्रवक्ता लामगादेले बताए ।
दलित महिला संजालकी अध्यक्ष सकुन्तला भूसालको अध्यक्षता एवम् धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम संचालन संजालकी सचिव देविका विकले गरेकी थिईन् ।
कार्यक्रममा परियार सेवा समाज सुनसरीका अध्यक्ष खगेन्द्र नेपाली, मिजार सेवा समाज धरानका अध्यक्ष विजय अच्छामी, शिल्पी विशेष समिति प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा, कलाकार विनोद रसाईली (जुरेली), समाजसेवी गोपाल मंग्राती,संचारकर्मी÷पत्रकार,वुद्धिजीविहरु लगायतको उपस्थिति रहेको थियो ।