November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

मधेसी महिलाबाट सिंह पहिलो डिआइजी बनेपछि गृहमन्त्रीलाई धन्यवाद ज्ञापन

नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पूजा सिंहको बढुवा गरेकामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाँणलाई धन्यवाद ज्ञापन गरेको छ ।

मधेसका महिलाबाट पहिलोपटक डिआइजी पदोन्नती गरेकामा प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई मन्त्रालयमा भेटेर धन्यवाद दिएको हो ।

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचय छिन् । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहलाई प्रहरी डिआइजीमा बढुवा गरेको थियो । प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत् सिंह यसअघि संघीय इकाइ गण्डकी प्रदेशको प्रमुख थिइन् ।

Advertisement

डिआइजी सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे र तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन् । महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन् ।