November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

रियललाई सुपर कपको उपाधि

काठमाडौं । रियल मड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई २-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियललाई जित दिलाउन लुका मोड्रिच र करिम बेन्जिमाले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

Image

त्यसपछि खेलको ५२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई च्याम्पियन बनाए । खेलको ८७ औं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

Advertisement

यस्तै ८९ औं मिनेटमा बिल्बाओका राउल गार्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुवाले बचाए । यससँगै रियलले १२ औं पटक सुपर कप उपाधि जित्न सफल भएको छ ।

सुपर कपको सर्वाधिक च्याम्पियन बार्सिलोना हो । बार्सिलोनाले १३ पटक सुपर कप जितेको छ ।

Image