November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

अनलाईन मार्फत जुवा खेलाउने व्यक्तिहरु पक्राउ

काठमाडौं । अनलाईन मार्फत जुवा खेलाउने व्यक्तिहरु पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाईन जुवा खेलाउदै गरेको भन्ने गोप्य सूचना प्राप्त गरेपछि उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाण्डौ कीर्तिपुर न.पा. वडा नं. ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, मनिश थापा, समिर थापा, कबिता थापा
रबिन खड्का। वडा नं. १० किर्तिपुर बस्ने बुद्ध महर्जन, वडा नं.८ पाँगा बस्ने रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, वडा नं. ९ नगाँउ बस्ने प्रदिपमान सिंह बस्नेत, जिल्ला बझांङ् केदारसिउ गा.पा. ५ घर भई हाल का.जि. किर्तिपुर ५ बस्ने बर्ष १९ को बिनोद ठगुन्ना,
र जिल्ला सिन्धुपालचोक मेलम्चि न.पा.वडा नं.१३ घर भई हाल का.जि.किर्तिपुर बस्ने बर्ष १७ कि रमादेवि श्रेष्ठ रहेका छन् ।

पक्राउ व्यक्ति मध्येका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाईन जुवा खेलाउन सम्पुर्ण परिपञ्च मिलाई ३ बटा घरमा २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागी कर्मचारीहरु समेत राखेको देखिएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसरी खटिएका कर्मचारीहरुले ँबअभदययप ष्म मार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई व्गधब, ँष्चभ पष्चष्लन, च्ष्खभच कधभभउक, च्ष्खभच mयलकतभच, ख्भनबक–ह्, लगायतका अनलाईन जुवा खेल्न ष्लिप शेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशि समेत पुरस्कारको रुपमा दिने गरेको थिए ।

जुवा खेलाउने ब्यक्तिहरुलाई सोधपुछ गर्दा निजहरुले करिब १० महिना अगाडी देखी महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको बुझिएको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाईल १७ थान, विभिन्न कम्पनीका ल्याप्टप १४ थान, कम्प्युटरको ऋएग् २ थान, ऋयmउगतभच ःयलष्तयच २ थान, राउटर ३ थान, न्बmष्लन विवरण लेखोएका रजिस्टरहरु र ध्जष्तभ दयबचम २ थान बरामत गरेका छन् ।

पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहीका लागि महानगरीय प्रहरी परिसर, काठ्माण्डौ पठाईएको प्रहरीले जनाएको छ ।

बरामद भएका सामग्रीहरू