November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

काठमाडौं विश्वविद्यालयसँगको सहमतिपछि विद्यार्थीको आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालय प्रशासनबीच सहमति पश्चात आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।

पौष १० गते भएको सहमतिअनुरूप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठन–पाठन लगायत सुबिधाबाट वंचित रहँदै आएका विद्यार्थीहरूलाई निःशर्त कक्षामा सामेल गराउने निर्णय भएको भन्दै संयुक्त विद्यार्थी संगठनकोतर्फबाट घोषणा गरिएका आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको आज जारी संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘ भएका निर्णय र सहमति कार्यन्वयन नभएको अवस्थामा पुनः सशक्त आन्दोलन अगाडि बढाउने जानकारी सहित आन्दोलनमा अनवरत रुपमा सहभागी सम्पूर्ण चिकित्सा शिक्षा अध्यनरत विद्यार्थी मित्रहरु, अभिभावकज्यूहरु ,मीडियाजगत र प्रत्यक्षरुपमा आन्दोलनको मैदानमा रहनुभएका विद्यार्थी नेता\कार्यकर्ताहरुलाई संयुक्त विद्यार्थी संगठनकोतर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । ’

Advertisement

संयुक्त प्रेस वक्तव्य
आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालय प्रशासनवीच पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठन–पाठन लगायत सुबिधाबाट वंचित रहँदै आएका विद्यार्थीहरुलाई निःशर्त कक्षामा सामेल गराउने निर्णय भएको सन्दर्भमा संयुक्त विद्यार्थी संगठनकोतर्फबाट घोषणा गरिएका आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।

भएका निर्णय र सहमति कार्यन्वयन नभएको अवस्थामा पुनः सशक्त आन्दोलन अगाडि बढाउने जानकारी सहित आन्दोलनमा अनवरत रुपमा सहभागी सम्पूर्ण चिकित्सा शिक्षा अध्यनरत विद्यार्थी मित्रहरु, अभिभावकज्यूहरु ,मीडियाजगत र प्रत्यक्षरुपमा आन्दोलनको मैदानमा रहनुभएका विद्यार्थी नेता\कार्यकर्ताहरुलाई संयुक्त विद्यार्थी संगठनकोतर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

साथै आन्दोलनका क्रममा गिरफ्तार विद्यार्थी नेताहरुको तत्काल रिहाइको निम्ति जोडदार माग गर्दछौं ।