November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

८० वर्षीय बुबाको हत्या गर्ने पुरुष पक्राउ

काठमाडौं । आफ्नै बुबाको हत्या गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ८० वर्षीय बुबा दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिषयमा बादबिवाद तथा झै–झगडा हुँदा मादक पदार्थ सेवन गरेका जय बहादुरले आफ्नै बुबालाई कुटपिट गर्दा बुबाको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले छोरालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।

Advertisement