November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष चढेको गाडी तोडफोड

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको सरकारी गाडी तोडफोड भएको छ । गिरी आज घरबाट कार्यालयतर्फ जाँदै गर्दा काँडाधारीमा अज्ञात समूहद्धारा उनी चढेको गाडी तोडफोड भएको हो ।

ढुंगा प्रहार गरेर गाडीको सिसा फुटाउनुका साथै आक्रमणको प्रयाससमेत भएकोमा चिकित्सा शिक्षा आयोगले भर्त्सना गरेको छ ।

आयोगले आक्रमण र तोडफोड गर्नेलाई कारबाही गर्न पनि माग गरेको छ ।

Advertisement