काठमाडौं । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले मरिससलाई १–० गोल अन्तर पराजित गरेको हो ।
खेलको ५५औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । एक वर्षपछि टिममा फर्केका विमलले पहिलो खेलमै गोल गरेका छन् । नेपालको लागि उनको यो नवौं गोल हो ।
नेपालले अफ्रिकी राष्टसँग आधिकारिक रुपमा पहिलोपटक खेलेको हो । मरिसससँग नेपालको दोस्रो मैत्रीपूर्ण मंगलबार हुनेछ ।