सर्लाही — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा शनिबार राति बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अरु १२ जना घाइते छन् ।
गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएपछि बस पल्टिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा सिरहाको बरियारपट्टीबाट काठमाडौंतर्फ आउँदैगरेको ना ७ ख ७५३ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई पल्टिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका–१२ घारिबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थनका आरुण खड्का भने गम्भीर घाइते छन् । खुट्टा काटिएको अवस्थामा उनलाई थप उपचारका लागि वीरगंज रेफर गरिएको छ ।