November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

मोरक्कोलाई हराउँदै इजिप्ट सेमिफाइनलमा

काठमाडौं । इजिप्ट अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर इजिप्ट अन्तिम चारमा पुगेको हो ।

इजिप्टले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । रोमान्चक बनेको खेलको छैटौं मिनेटमा सोफियन बाउफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५३ औं मिनेटमा कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई १-१ गोलको बराबरीमा ल्याए ।

Advertisement

Image

त्यसपछि निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १०० औं मिनेटमा महमुद अहमेद इब्राहिम हसनले गोल गर्दै इजिप्टलाई २-१ को जित दिलाए  ।

अब इजिप्टले सेमिफाइनलमा आयोजक क्यामरुनसँग खेल्नेछ ।