November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सेवाग्राहीसँग २ लाख घुस लिएका वडा सदस्य पक्राउ

काठमाडौं । सेवाग्राहीसँग २ लाख घुस लिएको आरोपमा काठमाडौँ महानगरपालिकाका एक वडा सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरपालिकाको वडा नम्बर १४ का वडा सदस्य वसन्त महर्जन रहेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।

आयोगको अनुसन्धान अनुसार महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमिव्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि घुस मागेका थिए ।

Advertisement

अनुसन्धानबाट महर्जनले घुस लिएको पुष्टि भएकोकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम २ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 18 र 35 एवं भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 36 बमोजिम बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ ।