November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा पुनः डा. महावीर पुन नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा पुनः डा. महावीर पुन नियुक्त भएका छन् । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका पुनसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि उनलाई पुनः एम्बेस्डर नियुक्त गरिएको हो । 

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुनबीच उक्त ब्राण्ड एम्बेस्डर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा एम्बेस्डरमा नियुक्त भएका डा. पुनले नेपाल बैंक जस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थाको ब्राण्ड एम्बेस्डरको रुपमा पुन नियुक्त हुन पाएकोमा खुशी व्यक्त गरे । 

Advertisement