काठमाडौं । स्थानीयलाई आतंकित बनाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ बाट ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर घर भएका २५ वर्षीय सन्तोष बस्याल, १६ वर्षीय मनोज बि.क, २३ वर्षीय पोषण ओली र १७ वर्षका बिबेक बस्नेत छन् । तुलसीपुर–९ बस्दै आएका २१ वर्षीय अजिल मिया, २१ वर्षका केतु ओली र १८ वर्षीय मोहन बस्नेतलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान ५ बजेतिर मादक पदार्थ सेवन गरेर पेस्तोल आकारको लाइटर, खुँडा र हँसिया प्रदर्शन गरेर उनीहरुले स्थानीयलाई त्रसित बनाएका थिए ।
प्रहरीले आरोपीहरुको साथबाट बञ्चरो, पेस्तोल आकारको लाइटर र ३ थान हँसिया बरामद गरेको छ ।