November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

काठमाडौं गोकर्णेश्वरका शिशिर भण्डारी अझै सम्पर्कविहीन

काठमाडौं। विहीबारदेखि सम्पर्कविहिन भएका काठमाडौंको गोकर्णेश्वर नगरपालिका -९ शंखडोलबाट २७ वर्षीय शिशिर भण्डारी अझै सम्पर्कविहीन छन् ।

सोही दिन सुन्दरीजलस्थित शिवपुरी राष्ट्रिय निकुञ्जका कर्मचारीले निकुञ्ज प्रवेशद्वारमा देखिएको भन्ने अपुष्ट खबरसँगै त्यसक्षेत्रमा उनको खोजी भएको थियो । सुन्दरीजलको मुलखर्क र ओख्रेनीमा परिवार तथा आफन्तले खोजी गरेपनि उनी फेला पर्न नसकेको नसकेको परिवारले जनाएको छ ।

सम्पर्कविहीन शिशिरको मोबाइल फोन लुटेको आशंकामा बौद्ध प्रहरीले ४ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । सोधपुछ गर्दा आफूहरूले बुधबार साँझ शिशिरको मोबाइल मात्र लुटेको बताएको प्रहरीको भनाई छ । उनी कहाँ छन् केही जानकारी नभएको बयान उनीहरूले दिएका छन् ।

Advertisement

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र हराएको शिशिरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

शनिबार एयरपोर्ट क्षेत्रमा चिया बेच्नेले बिहान ३ देखि ५ बजेसम्म उनलाई देखेको अपुष्ट जानकारी अनुसार प्रहरी र आफन्तले त्यसक्षेत्रमा पनि खोजी गरेको थियो ।

सम्पर्कविहीन शिशिर भण्डारीलाई कसैले देखे नजिकको प्रहरी वा ९८०११२०८३१, ९८५१३१७३३८, ९८४९०५१५३८ र ९८४१४८२०२७ मा जानकारी गराइदिन परिवारले आग्रह गरेको छ ।