November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

बिहीवारदेखि गोकर्णेश्वरबाट हराइरहेका युवक मृत फेला

काठमाडौं । गत बिहीवार बिहान ७ बजेदेखि हराइरहेका शिशिर भण्डारी मृत फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–९ शंखडोलबाट हराइरहेका २७ वर्षीय शिशिर भण्डारी सुन्दरीजलमाथि मुलखर्क भन्ने स्थानमा मृत फेला परेका हुन् ।

उनको परिवारले दिएको जानकारीअनुसार शिशिर बिहीवार बिहान ७ बजेदेखि हराइरहेका थिए । घरसँगै रहेको पसलको सिसिटिभीमा उनी हरियो डाउन ज्याकेट र निलो ट्राउजर लगाएर हिँडिरहेको देखिएको थियो । त्यसपछिबाट उनी सम्पर्कमा थिएनन् ।

मुलखर्कको जङ्गलको खोचमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । दाउरा काट्नेले शव देखेर स्थानीयलाई खबर गरेका थिए ।

Advertisement

भण्डारीको मृत्युको कारण पोस्टमार्टम पछी मात्र थाहा हुने प्रहरीले बताएको छ ।