माडौं । अनलाइनबाट मगाएको आईफोन रिसिभ गरेपछि पैसा नदिई भाग्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने १९ वर्षीय उर्गेन टासी शेर्पा रहेका छन् ।
उनले माघ २६ मा अनलाइनबाट आईफोन–१२ प्रोम्याक्स र आईफोन–११ प्रोम्याक्स अर्डर गरेका थिए । बौद्ध स्तुपा नजिक सामान रिसिभ गरेपछि नजिकैको घर देखाएर पैसा लिएर आउँछु भनेर उनी भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
महानगरीय प्रहरी वृत बौद्धको टोलीले उनलाई पक्रेर चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।