काठमाडौं : ओमनमा जारी चारदेशीय टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ओमानमाथि जित निकालेको छ।
भर्खरै सम्पन्न खेलमा घरेलु टिम ओमानविरुद्ध नेपालले ६ विकेटको जित निकालेको हो। ओमानले दिएकाे १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ बल बाँकी रहँदै ४ विकेट गुमाएर १ सय ३७ रन बनाएको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन बनाएपछि नेपाललाई जित सहज बनेकाे हाे। दीपेन्द्रले ५३ बलमा ७३ रन बनाए भने आरिफ शेखले २० बलमा २५ रन बनाए। दीपेन्द्रले ८ चौका र १ छक्काको सहयोगमा उक्त रन जोडे। पहिलो पारीमा नेपालका लागि अभिनाश बोहराले ३ विकेट लिए भने आरिफ शेख, सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान १/१ विकेट झारे।
सन्दीपको कप्तानीमा विवेक यादव र सागर ढकालले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टिममा डेब्यु गरेका छन्। आजको खेलमा करण केसी र कुशल भुर्तेल भने बेञ्चमै थिए।
नेपालविरुद्ध ओमानका काश्यकपले ११, जितेन्दर सिंहले १३ रन बनाउँदा सोएब खानले ११ र आयन खानले ११ रन बनाए। पाँचौ र छैटौं नम्बरमा मैदान पसेका जिसम मक्सोद र मोहम्मदन नदिमले उत्कृष्ट साझेदारी गरेपछि ओमानको ब्याटिङ सम्हालिएको थियो। यी दुई खेलाडीले ६१ रनको साझेदारी गरे। उनीहरुले ९ ओभर ३ बलमा ५८ रनसँगै ४ विकेट गइसके पनि टिमलाई १ सय १९ रनमा पुर्याए।
मोहम्मद नदिमले ३१ रन बनाए भने जिसमले अविजित ४३ रन जोडे।
पाली शुरु गरेको ३ ओभर २ बलमा नेपालले पहिलो विकेट गुमाएको थियो। त्यस्तै, सोही ओभरको अर्को बलमा नेपालको दोस्रो विकेट पनि गुम्याे। यो ओभरमा कलिमुल्लाहले नेपालका दुवै ओपनरलाई पेवेलियन फर्काए।
नेपाली ओपनर आशिफ शेख ११ बलमा १४ रन बनाउँदै आउट भए भने १४ बलमा ४ रन बनाएका प्रदीप ऐरी पनि बाहिरिए। पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए। १० ओभर ५ बलमा ६५ रनसम्म पुर्याएपछि ज्ञानेन्द्र रन आउट भएका थिए।