November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

आजदेखि जनकपुरमा खाली रेल चलाइँदै

काठमाडौं : आजदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म विनायात्रु रेल सञ्चालन गरिने भएको छ।

सञ्चालनमा आइसकेपछि अवरोध नहोस् भन्ने उद्देश्यले परीक्षणका लागि दैनिक एकपटक खाली रेल सञ्चालन गर्न लागिएको नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले बताए। 

उनले १० दिनसम्म एकपटक आउने र जाने गरी रेल सञ्चालन गरिने बताए। उनका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलको उद्घघाटन गर्नेछन्। यद्यपि, उद्घाटनको मिति तय हुन बाँकी रहेको पनि उनले स्पष्ट पारे। 

Advertisement

आजदेखि नियमित रूपमा दैनिक एक पटक जनकपुरधामको मुख्य स्टेशन (कुर्था)–जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ। रेल सञ्चालन गर्न चालकसहितका प्राविधिक कर्मचारीका लागि भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटूजी सम्झौता भएको पनि महाप्रबन्धक झाले बताए।

नेपाल सरकारले दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो। खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनर्वा स्टेशनमा राखिएको थियो।