November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

नेपालको टी–ट्वान्टी वरीयता खस्कियो

काठमाडौं । आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १३ औं स्थानमा रहेको छ । 

यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो । सोमबार ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजय भोगेको थियो । 

सिरिज जितेको युएई भने १२ औं स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ । 

Advertisement

चारदेशीय सिरिजमा सहभागी आयरल्यान्ड १५ औं तथा ओमान १८ औं स्थानमा रहेका छन् । एकदिवसियमा भने नेपाल १६ औं स्थानमा रहेको छ ।