November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

सर्वसाधारणलाई हैरानी दिँदै युट्युबमा भिडियो लगाएको अभियोगमा आकाश सेडाई पक्राउ

काठमाडौं । ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाई रहेका छन् ।

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी (Prank)को नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो Nepali Pranksters नामक युट्युब च्यानलमा राख्ने कार्य गरेको खुल्न आएपछि आकाशलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

आकाश उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।

Advertisement