November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

गौतमबुद्ध विमानस्थलमा जेष्ठदेखि व्यावसायिक उडान सुरु हुने

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेष्ठदेखि व्यावसायिक उडान सुरु हुने भएको छ । उक्त विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरु गर्ने तयारी गरेको हो ।

प्राधिकरणले बिहबिार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यवसायीक उडानको तयारी गरिने जानकारी दिएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने र त्यसपछि व्यवसायीक उडानको तयारी हुने बताए । उनले अन्तराष्ट्रिय व्यावसायिक उडानका लागि आवश्यक प्याकेज ल्याउने पनि जानकारी दिए ।

Advertisement

महानिर्देशक अधिकारीले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केही वर्षमा यात्रुको संख्या धान्न नसक्ने भएकाले यसको विकल्प भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने बताए । उनले विमानस्थल सञ्चालनसँगै काठमाडौँमा हुने डाइभर्ट उडानलाई पनि सहज हुने धारणा राखे । अर्को टर्मिलन भवन निर्माणका लागि छिटै बोलपत्र आह्वान गरिने र आगामी असोजबाट सुरु हुने उनले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार नै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सन् २०१४ मा निर्माण सुरु भएको थियो ।