November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

टी–२० विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्सविरुद्ध खेल्दैछ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो ।

Advertisement