November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्ता रहेका छन् ।

उनलाई बुधबार काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा सुन जस्तै देखिने नक्कली सुन बेच्न लागेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले गुप्तालाई सुन जस्तो देखिने पहेलो धातुको सिक्री २ थान सहित फेला पारी पक्राउ गरेको हो । साथै गुप्ताले काठमाडौं महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ललितपुर सातदोबाटोस्थित ओमलक्ष्मी सुनचाँदी पसलमा अन्दाजी १÷१ तोलाको सुन जस्तो देखिने पहेंलो धातुको सिक्रीहरू बिक्री गरिसकेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

Advertisement

उनीउपर ठगी आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा ५ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।