November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।

क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।

Advertisement

ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । क्यानडा र फिलिपिन्स बाहिरिएको छ ।

अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग खेल्नेछ। यस्तै ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ ।

फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले अविजित ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले अविजित रहदै २७ रन बनाए ।

आशिफ शेख १७ तथा कुशल मल्ल सुन्य रनमा आउट भए ।

क्यानडाका कलिम साना र सलमान नाजरले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा अलआउट हुदै ८० रन बनाएको थियो ।

क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे ।  कप्तान नभनित धलिवालले १८ रन जोडे । रयान पठानले १४ रनको योगदान गरे ।

नेपालका कप्तान सन्दीप लामिछानेले १२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट हात पारे ।  

कुशल मल्लले एक विकेट लिए ।