November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

काठमाडौंमा १४ वर्षीय बालकको शव फेला

२०७८ फाल्गुन १०

काठमाडौं । काठमाडौंमा १४ वर्षीय बालकको शव फेला परेको छ । मंगलबार बिहान चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा बालकको शव फेला परेको हो ।

प्रहरीका अनुसार उदयपुर घर भई चन्द्रागिरि– १२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको हो । शवमा कुनै चोटपटक भने देखिएको छैन ।

Advertisement

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताए ।