November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

अभिनेता पल शाहलाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुलर

२०७८ फाल्गुन १३

काठमाडौं । नाबालिक गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो ।

बुधबार एक नाबालिकाले शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि पललाई खोज्न सबै प्रहरी कार्यालयहरूलाई निर्देशन गइसकेको र सबै प्रहरी संयन्त्रले खोजी गरिरहेको प्रहरीले जनाएको छ । शाह काठमाडौं उपत्यकाबाहिर नरहेको सुरक्षा संयन्त्रको बुझाइ छ ।

Advertisement

शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय छन् । परिसर र महाशाखाबाट विशेष टोलीले शाहको खोजीमा रहेको बताइएको छ ।

अपराध महाशाखाका एक अधिकृतका अनुसार तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखित÷मौखिक दुबै अनुरोध पठाएको छ ।