November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

संसद भवन अगाडी प्रेशर कुकर बम राख्ने व्यक्ति पक्राउ

२०७८ फाल्गुन १८

काठमाडौं । संसद भवन अगाडी प्रेशर कुकर बम राख्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे सिमथली घर भई चावाहिल बस्ने २१ वर्षीय सुवास महत रहेका छन् ।

केहिदिन अघि काठमाण्डौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको मूख्य सडकमा शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीलेमहतलाई पक्राउ गरेको हो ।

काभ्रे भुम्लो गाउपालिका वडा नं. २ सिमथली घर भई हाल काठमाडौंको चावाहिल बस्दै आएका महतलाई उक्त घटनामा प्रयोग गरेको मोटरसाईकल सहित गौशालाबाट पक्राउ गरिएको हो ।

Advertisement

प्रहरीका अनुसार महत अनेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष हुन् ।

उनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।