November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

नेपालको लगातार दोस्रो हार

काठमाडौं । नेपालले भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो हार व्यहोरेको छ ।

भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४-२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

बंगलादेशलाई जित दिलाउन अफिदा खानडकार, अक्लिमा खातुन, इटि खातुन र साहदा अख्तर रिपाले एक एक गोल गरिन् ।

Advertisement

नेपालका लागि दिपा शाही र अमिशा कार्कीले एक एक गोल फर्काइन् ।

Image

खेलको पहिलो मिनेटमै अफिदाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

तर, ३० औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याईन् ।

३३ औं मिनेटमा अक्लिमाले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाईन् ।

खेलको ३४ औं मिनेटमा इटिले गोल गरेपछि बंगलादेश ३-१ ले अघि रह्यो ।

खेलको ४३ औं मिनेटमा साहदाले ग्ल गर्दै बंगलादेशलाई ४-१ को अग्रता दिलाईन् ।

त्यसपछि खेलको इन्जुरी समयमा अमिशाले एक गोल गरेपनि नेपाल ४-२ ले पराजित भयो  ।

Image

यस हारसँगै नेपालले दुई खेलमा अंक जोड्न सकेको छैन । नेपाल अंक तालिकाको पुछारमा रहेको छ ।

पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको थियो।

बंगलादेशले भने विजयी सुरुआत गरेको छ । पहिलो खेलमै बंगलादेशले ३ अंक जोडेको छ ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

अब नेपालले तेसो खेलमा मार्चमा २१ मा भारतसँग खेल्नेछ ।  यस्तै नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।

शीर्ष टोलीले उपाधि जित्नेछ ।