काठमाडौं । प्युठानमा भएको बस दुर्घटना हुँदा एक वर्षीया बालिकाको मृत्यु भएको छ । शनिबार बिहान साढे १० बजेतिर प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ हिँडेको ना३ख ७१३२ नम्बरको बस दुर्घटना पर्दा घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेहरुलाई दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । २० जना घाइतेको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटना तीव्र गतिका कारण भएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।