November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

विहे गर्छु भन्दै १५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा ३५ वर्षीय युवक पक्राउ

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरी रहेका छन् ।

किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ–नयाँ ठाउँहरुमा घुमफिर गराउने वहाना बनाई आफूसँग लगि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि कोइरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाइ वीरगञ्ज महानगरपालिका–१३ बाट सोमबार प्रहरीले पक्राउ गरको हो । उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Advertisement