काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट हेलिकप्टर चढेर चन्द्रागिरि पुगेका छन् । दीगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि देउवा आज चन्द्रागिरि पुगेका थिए ।
उक्त सम्मेलनका लागि विभिन्न मुलुकबाट नेपालमा प्रतिनिधिसमेत आएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवाले सम्मेलनको उद्घाटन र सम्मेलनमा सम्बोधनसमेत गरेका थिए ।