पर्सा । पर्साबाट तीन किलो अफिमसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीबाट बारा जितपुर सिमरा उपमहानगरपालिका–७ की ४० वर्षीय रिनादेवी राम रहेकी छन् ।
शनिवार नेपालबाट भारततर्फ जाँदै गरेकी रामको साथबाट प्रहरीले ६ पोका अफिम बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वार्टर पर्साबाट खटिएको प्रहरीले रामलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताइएको छ ।