November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

१५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

काठमाडौं । १५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियार छन् ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई भक्तपुरको भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए ।

Advertisement

उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएका हुन् ।