November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

नेपालको वरीयता खस्कियो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालले १८ औं स्थानमा झरेको छ  ।

यस अघि नेपाल १६ औं स्थान रहेको थियो । नेपालले हालै पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको थियो ।

टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । टी-ट्वान्टीमा नेपाल १३ औं स्थानमा रहेको छ । एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।

Advertisement

भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ ।