November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

एम्बाप्पे चम्किएपछि पीएसजीको सहज जित

काठमाडौं : पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा प्रभावसालि जित निकालेको छ।

स्टार खेलाडी केलिएन एम्बाप्पेले तीन असिस्ट र दुई गोल गरेको खेलमा पिएसजीले लोरिएन्टलाई ५-१ ले पराजित गर्‍यो। फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे  र नेयमारले २-२ गोल गर्दा अर्को एक गोल लियोनेल मेसीले गरेका थिए। घरेलु मैदानमा आइतबार राति भएको खेलमा पिएसजीको फराकिलो जितमा पुर्‍याउने क्रममा १२औं मिनेटमा नेयमारको पहिलो गोल गरे। नेयमारले एमबाप्पेको पासलाई सदुपयोग गरेका थिए।

त्यस्तै २८औं मिनेटमा एमबाप्पेले इड्रिुा गाना गुआईको पासलाई सदुपयोग गर्दै टीमका लागि दोस्रो गोल गरे। पहिलो हाफमा २-० को अग्रता बनाएको खेलमा पीएसजीविरुद्व लोरिएन्टका रेम मोफिले ५६ औं मिनेटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरे। तर पुन खेलमा आफ्नो प्रभाव देखाउने क्रममा पिएसजीले ६७औं मिनेटमा तेस्रो गोल गर्‍यो।  ​एमबाप्पेले अचरफ हाकिमीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल संभव बनाएका थिए।

Advertisement

७३औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा टीमलाई ४-१ को अवस्थामा पुर्‍याउँदा ९०औं मिनेटमा एमबाप्पेकै असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेका थिए।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक पुर्‍याएको छ। पिएसजीले शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता लिएको छ। दोस्रो स्थानको मार्सेको ५६ अंक छ। पराजित लोरिएन्ट २८ अंक जोडेर १६औं स्थानमा छ।