November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

एन्फाको निर्वाचन सर्यो, असारमा हुने

​काठमाडौं । आगामी जेठमा तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सरेको छ । अब एन्फाको निर्वाचन आगामी असार ६ गते हुनेछ । यस अघि एन्फाले निर्वाचन जेठ १५ गतेको लागि तोकेको थियो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले फिफा र एएफसीसँगको छलफलपछि निर्वाचन असार ६ गतेको लागि तोकिएको बताए । ​महासचिव तुलाधरले निर्वाचन सरेकोबारे कार्यसमिति, जिल्ला संघ र क्लबहरुलाई खबर गरिसकेको बताए ।

एन्फाले निर्वाचनका लागि अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो । एन्फाको २० औं विशेष साधारण सभाले दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।

Advertisement