तनहुँ : ऋषिङ गाउँपालिका–४ भीरकोटबाट एक किशोरी परिवारबाट सम्पर्कविहीन भएकी छन् । सदरमुकाम दमौली जान भनी हिँडेकी भीरकोटका खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मंगलबारदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ।
छोरी सम्पर्कविहीन भएपछि खुमबहादुरले मंगलवार नै जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बन्दना ऋषिङ–१ गैह्राखुदीबाट बेपत्ता भएको उनले बताए।
स्थानीय तीर्थ बर्देवाले बन्दना बीच बाटोबाटै हराएकी बताएका छन्। उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दैछिन्।