November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

ओखलढुंगामा एक युवक झुन्डिएको अवस्थामा मृत फेला

ओखलढुंगा । ओखलढुंगामा एक युवक मृत अवसथामा फेला परेका छने । युवा शनिवार विहान सिद्धिचरण नगरपालिका–२ स्थित कुँडुलेमा स्थानीय मनबहादुर सार्कीको घरमा भान्छा नजिकै बाहिरपट्टि नाम्लोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा स्थानीय युवा अन्दाजी ३५ वर्षीय राजु परियारको शव झुन्डिएको अवस्थामा भेटिएको हो । स्थानीयले शवको प्रकृति हेर्दा हत्या गरेर झुन्ड्याएको हुनसक्ने अनुमान गरेका छन् ।

स्थानीयका अनुसार शरीरमा केही चोट देखिएको र नजिकै खुकुरी भेटिएको छ । अहिले प्रहरी घटनास्थल पुगिसकेकोले अनुसन्धान प्रक्रिया अघि बढेको र थप विवरण आउन केही समय लाग्ने प्रहरीले बताए ।

Advertisement