November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

धनकुटा । भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलबार राती रामप्रसाद राई गाउँपालिका–५ कावा खोलामा ट्रयाक्टर दुर्घटनामा पर्दा ट्याक्टरमा सवार सोही गाउँपालिका–७ नम्बर वडा बासिखोराका जेबि राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका २० वर्षीय राईको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर गएराती १० बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।

Advertisement

ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।