काठमाडौं । ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । स्थानीय प्रहरीका अनुसार माझखण्डबाट सल्केको आगो सल्किदै जाँदा लुकुनी, प्युटार र आश्राङ गाँउ जोखिममा परेकोे छ ।
शुक्रबारदेखि नै स्थानीय, प्रहरी र वनका कर्मचारीहरुले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेका छैनन् । आगो लागेको ठाउँमा ढुंगाहरू समेत झरिरहेको प्रहरीले बताएको छ ।
आगलागीबाट खानेपानीको पाइप जलेर नष्ट भएको छ । अन्य क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।