November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

खोलामा डुबेर मृत्यु

धरान । मोरङमा खोलामा डुबेर एकको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ मसानघाट लोहन्द्रा खोलामा डुबेर सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय बसन्त माझीको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त खोलामा बालुवा झिक्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

त्यस्तै, शुक्रबार सप्तरीमा बलानबिहुल गाउँपालिका–५ रामनगर टोलस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने रबिन्द्र यादवकी छोरी ६ वर्षीया अनुषा कुमारी यादवको बिहान मृत्यु भएको छ ।

Advertisement

प्रहरीका अनुसार नुहाउने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको हो ।