November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

जनकनन्दनी गाउँपालिका अध्यक्ष शेषको निधन

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि फोक्सोको क्यासरबाट पीडित शेषको शनिबार साँझ निधन भएको गाउँपालिकाका निर्वतमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

शनिबार दिनभरि उनी पार्टीको चुनावी बैठकमा सहभागी भएका थिए । तर, साँझ घर आएर आराम गरिरहेको अवस्थामा एक्कासी हृदयघात भएर उनको निधन भएको कार्कीले बताइन् ।

Advertisement

०७४ को निर्वाचनमा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

शेषको पार्थिक शरिरलाई आइतबार दिउँसा इस्लामिक परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिने छ ।