इलाम । इलाम नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका गायत्रीराम बस्नेत विजयी भएका छन् । बस्नेतले १ हजार १ सय ८१ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी निवर्तमान वडाअध्यक्ष नेकपा एमालेका अम्बिका गौतमले १ हजार २२ मत प्राप्त गरेका थिए ।
सदस्यमा नेपाली काँगे्रसका मनकुमार गुरुङ, महिला सदस्यमा डायना राई, दलित महिला सदस्य मुनादेवी रसाइली विजयी भएका छन् । यस्तै एक सदस्यमा भने नेकपा एमाले खड्गबहादुर गुरुङ विजयी भएका छन् । गठबन्धनका नेकपा एकिकृत समाजवादीका इन्द्रबहादुर कटुवाल भने सदस्यमा पराजित भएका छन् ।