November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

गुल्मीको इस्मा गाउँपालिका–६ मा काँग्रेसका ढालबहादुर कुँवर विजयी

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली काँग्रेसका ढालबहादुर कुँवर निर्वाचित भएका छन् । प्रत्यासी एमालेका हीरा जीसीलाई पराजित गर्दै कुँवर विजयी बनेका हुन् ।

कुँवरले ९७० मत ल्याउँदै उनी विजयी भएका हुन् भने जीसीले ८८१ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उक्त वडामा एमाले विजयी भएको थियो ।

गाउँपालिकाको जारी मतगणनामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

Advertisement