काठमाडौँ । युगान्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो पटक नेपाल भ्रमणमा रहेको युगान्डाले सुरुवाती ब्याटिङ गर्ने छ ।
सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उदाएको नेपाली टिमले घरेलु मैदानमा पहिलो श्रृंखला खेल्न लागेको हो ।
नेपाल र युगान्डाबीच पाँच टी–२० खेल हुने छ । खेल ७ जेठसम्म टियु मैदानमा चल्नेछ ।