झापा । कनकाई नगरपालिका–७ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । निर्वाचनको हालै सम्पन्न मत गणनाको अन्तिम परिणामबाट वडा अध्यक्षमा भिष्म सिटौलासहितको काँग्रेस प्यानल विजयी बनेको हो ।
सिटौलाले १ हजार १ सय १५ मत प्राप्त गर्दा सिवाकोटीले ८६७ मत ल्याएका थिए । वडा नम्बर–७ मा जम्मा २३२७ मत खसेको थियो ।
यसैगरि महिला सदस्यतर्फ अरुणा सुब्बा ९४८ मत प्राप्त गर्दै विजयी भएकी छन । दलित महिला सदस्यमा सावित्रा सार्की ८७४ मत र खुल्ला सदस्यमा भगन टुडु ६८७ मत ल्याउदै विजयी भएका छन भने अर्को खुल्ला सदस्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मल आङ्थुपा लिम्बू ८९३ मत ल्याउदै विजयी भएका छन् ।
कनकाईको मेयर पदका लागि सुर्य चुनाव चिन्हका उम्मेद्वारको अग्रता रहेको छ भने उपमेयर पदकालागि रुख चुनाव चिन्ह भएका उम्मेद्वारले अग्रता लिएका छन् । कनकाईको वडा तर्फ वडा नम्बर–६ ,८ र ९ को नतिजा आईसकेको छ भने अरु वडा मत गणनाकै क्रममा रहेको छ । यसअघि काँग्रेसले ८ र ७ नम्बर तथा एमालेले ६ र ९ नम्बरमा जित हात पारेको हो ।
दुर्गापुर क्षेत्र एमालेको गढ तथा हालका मेयर राजेन्द्रकुमार पोखरेलको गाउँ पनि हो । यसअघिको निर्वाचनमा एमालेले अत्यधिक मतका साथ विजयी हाँसील गरेको कनकाईको वडा नं ७ लाई यसपटक भने काँग्रेसले आफ्नो कब्जामा पारेको हो ।